
माघ ५, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा–५ जाने भएको छ । झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी मनोनयनका लागि झापा जाने भएको हो ।
झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम पनि रहेको छ। ओलीले दमकस्थित आफ्नो निवासमा पनि जाने कार्यक्रम बनाएका छन्। सो निवास जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित भएको थियो।