
माघ २१, काठमाडौँ / आज बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् । आज सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने र जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।