२०८२ अषाढ ८, आईतबार

माधव नेपालले भने– राजावादीले आफ्नो ‘संस्कार’ देखाए

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।
माधव नेपालले भने– राजावादीले आफ्नो ‘संस्कार’ देखाए

१८ वैशाख काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा त्यो विषय नपरेको उनले टिप्पणी गरे । उनले सरकारले ०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यो विषयबाट पन्छिएको जिकिर गरे ।

देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन र समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए । संविधानमा जनताका मौलिक हक–अधिकार निश्चित गरिए पनि व्यवहारमा लागु हुन नसकेको उनले बताए ।

“सामान्यतया देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ,” उनले भने ।
संविधानमा लेखिएका जनताका हक–अधिकारलाई व्यवहारमा लागु गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उनले उल्लेख गरे । “व्यवहारमा लागु गर्ने कसरी

यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन,” उनले भने, “आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।”

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस