२०८२ अषाढ १७, मंगलबार

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

नेकापा एमाले अधिवेशनमा कुर्सी हानाहान भएकाे छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २३, मंगलबार
एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

२३ वैशाख काठमाडौँ / जनकपुरमा जारी अधिवेशनमा मंगलबार सचिव रघुवीर महासेठ र पूर्वजिल्ला अध्यक्ष उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच विवाद उत्पन्न भएको एक प्रतिनिधिले जानकारी दिए ।

एमाले धनुषाको अधिवेशन आइतबादेखि सुरू भएको थियो । नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो । त्यसअनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन गर्ने बेलामा विवाद भएको हो ।

पूर्वअध्यक्ष र निवर्तमान अध्यक्षको समूहले निर्वाचन गराउनका लागि आएका केन्द्रीय निर्वाचन आयोग प्रमुख विजय सुब्बालाई गालीगलौज गर्नुका साथै निर्वाचन समितिको कार्यकक्षमा रहेको कम्प्युटर, ल्यापटपसमेत तोडफोड गरेका छन्, ती प्रतिनिधिले भने ।

एमालेको ७७ जिल्लामध्ये अधिवेशन हुन धनुषामा मात्रै बाँकी थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस