२०८२ अषाढ १९, बिहिबार

गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा एक जना पक्राउ

गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा एक जना पक्राउ

१९ असार काठमाडौँ / गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन् । उनीविरूद्ध म्याद थप भइसकेको छैन । उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ । यसबारे ब्युरोले प्रेस विज्ञप्तिमार्फत जारी गर्ने तयारी गरिरहेको छ ।

गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एक जना समातिएका हुन् ।
’अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनेकी थिइन् । अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताएकी थिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस