२०८२ अषाढ २०, शुक्रबार

पूर्वमन्त्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

पूर्वमन्त्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

२० असार काठमाडौँ / पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चालनका लागि सस्तो दरमा भाडामा दिएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

न्यौपानेसँगै कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी लगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस