२०८२ अषाढ २३, सोमबार

संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

संयुक्त लोकतान्त्रिक मोर्चाले मंगलबार दिउँसो बैठक आह्वान गरेको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

२३ असार काठमाडौँ / संयुक्त लोकतान्त्रिक मोर्चाले मंगलबार दिउँसो बैठक आह्वान गरेको छ । मंगलबार दिउँसो २ बजे शंखमुल स्थित होटेल ए–वन प्यालेसमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

उनको अनुसार भोलि बस्ने बैठकमा रुपन्देही– ३ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । त्यहाँ मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरेको छ । तर मोर्चा घटना जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कुरा मिलेको छैन ।

बैठकमा निजामती सेवा ऐन र संवैधानिक नियुक्तिबारे पनि छलफल हुनेछ । अहिले मोर्चाको अध्यक्ष वृषेशचन्द्र लाल छन् । मोर्चाको अध्यक्षता सात दलकाबीचमा चक्रिय प्रणालीबाट हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस