८असार, धादिङ/ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले एकल वहुमत ल्याउन अव गाह्रो हुने वताएका छन् । धादिङको धुनिवेशी नगरपालिका वडा नं. ७ नौविसेमा भएको नेपाली कांग्रेस धादिङ जिल्लाका पूर्व जिल्ला सभापति स्व. भरत उप्रेतीको १३ औं पुर्णतिथिको श्रद्धाञ्जली शाेक सभा कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । आदिवासी जनजाति दलित थारु सहितको समावेशी संविधान भएको कारण एकल वहुमत ल्याउन गाह्रो हुने भन्दै नेपाली कांग्रेस पार्टी एक हुनु पर्ने धारणा राख्नु भएकाे थियाे ।
पूर्व प्रधानमन्त्री देउवाले स्व. भरत उप्रेती प्रति सम्झदै भन्नु भयो विद्यार्थी राजनितिमा भरत उप्रेती संग आफ्नो भेट भएको र आफु डडेलधुरा जादा नौविसे पालुङ हुदै यही बाटो भएर जाने गरेको र स्व. भरत उप्रेती एक सच्चा इमान्दारी नेताको रुपमा आफुले चिनेको भन्दै स्व.भरत उप्रेतीको आत्मालाई शान्ति दिन पनि नेपाली कांग्रेस पार्टी एक भएर लाग्नु पर्ने अनि मात्र नेपाली कांग्रेसको बहुमत आउने वताए ।
स्व. भरत उप्रेती धादिङ जिल्ला साविक नौविसे गाउँ विकास समिति वडा नं. १ हाल धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ७ मा जन्मनु भै राजनिति सिलसिलामा भरतमा रहनु भएको स्व.भरत उप्रेती २०२७ सालमा काठमाण्डौ आउनु भएको थियो । धादिङ जिल्लामा नेपाली कांग्रेस सभापति र कार्यवाहक सभापति गरी ३५ वर्ष नेपाली कांग्रेस धादिङ जिल्लाको नेतृत्व गर्नु भएको थियो । स्व. भरत उप्रेतीकाे ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाण्डौमा निधन भएको थियो । शाेक सभा कार्यक्रममा धुनिवेशी नगरपालिका नगरप्रमुख बालकृष्ण अाचार्य लगाएत नेपाली कांग्रेस नेता तथा कार्यकर्ताकाे उपस्थिती रहेकाे थियाे ।
तस्विर……..