२३ भदौ, काठमाडौं / जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।
यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ । नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहितलाई पनि गोली लागेको छ । दजर्नौं प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्याइएको छ ।