
२० कार्तिक काठमाडौं / जिल्ला अदालतले निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको थियो ।
पक्राउ परेका निकोलसलाई आज अदालतमा म्याद थपका लागि लगिएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा म्याद थप गरिएको हो ।
उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरे सहितको टोली परिचालन गरिएको थियो । भुसालले पत्रकार सम्मेलन गर्दै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा विभिन्न जातजाति समुदाय तथा सर्वसाधारणबीच रहेको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ ।