२०८३ मंसिर ४, बिहिबार

हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो राप्ती खोलामा खस्यो, मृतकको पहिचान खुल्न बाँकी

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ७ जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, ७ घाइते
मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ७ जना घाइते

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

आज बिहान हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटना बिहान करिब साढे ८ बजे भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका सात जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए ।

दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस