२०८३ मंसिर ४, बिहिबार

रौतहट चन्द्रपुरका दुई जनाको सनाखत, अर्की मृतक महिलाको पहिचान खुल्न बाँकी

भीमफेदी सुमो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, सात घाइतेको नाम सार्वजनिक

भीमफेदी सुमो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, सात घाइते
भीमफेदी सुमो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, सात घाइतेको नाम सार्वजनिक

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे नजिकै त्रिभुवन राजपथमा भएको सुमो दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् ।

दुर्घटनामा मृत्यु भएकी अर्की महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनी चन्द्रनिगाहपुरबाट सुमोमा चढेको खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर रहेका छन् ।

आज बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरी चौकी भैंसेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस