
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् ।
प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डल सवार नेपाल एयरलाइन्सको विमान केहीबेरअघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।
यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी भएको छ । उक्त टोलीले आफ्नै खर्चमा भ्रमणमा सहभागिता जनाएको हो ।