
११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र लामिछानेबीच भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिबारे कुराकानी भएको बताइएको छ ।
यसअघि बिहीबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री शाहको भारतको औपचारिक भ्रमणलगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीसँग भेट गरेको भोलिपल्ट लामिछानेले राष्ट्रपतिसँग पनि भेटवार्ता गरेका हुन् ।