
११ मंसिर, काठमाडौं । शेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५७ अंक घटेर २६२८ अंकमा कायम भएको छ ।
अघिल्लो दिन बिहीबार पनि नेप्से १०.८९ अंक घटेको थियो । लगातार दुई दिन बजार घटेसँगै कारोबार रकममा समेत कमी आएको छ ।
बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।
शुक्रबार ५९ कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको मूल्य घटेको छ । १७ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
आज बैंकिङ र निर्जीवन बीमा समूह मात्रै बढेका छन् । बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशत बढेका हुन् ।
अन्य समूहमा भने गिरावट आएको छ । विकास बैंक ०.७६ प्रतिशत, फाइनान्स ०.०४ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत, लगानी ०.४१ प्रतिशत, जीवन बीमा ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत, माइक्रोफाइनान्स ०.५२ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह ०.१७ प्रतिशत घटेका छन् ।
आज एनआईसी एसिया बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढेको छ । मान्डु हाइड्रोपावर ४.७६ प्रतिशत, बेस्ट फाइनान्स ४.३० प्रतिशत, उपकार लघुवित्त ३.१३ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युत् ३.०६ प्रतिशत बढेका छन् ।
त्यस्तै, सोपान फर्मास्युटिकल्सको शेयर मूल्य ५.३७ प्रतिशत घटेको छ । युनिक नेपाल लघुवित्त ४.६४ प्रतिशत, बेनी हाइड्रोपावर ४.२७ प्रतिशत, भुजुङ हाइड्रोपावर ४.२१ प्रतिशत, स्वस्तिक लघुवित्त ३.९४ प्रतिशत र बोटलर्स नेपाल तराई ३.४९ प्रतिशत घटेका छन् ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा क्रमशः अगाडि रहेका छन् ।