
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाह राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपति भेट्न पुगेका हुन् । भारतको दुईदिने औपचारिक भ्रमणमा जाने क्रममा राष्ट्रपतिसँग भेट नगरेको भन्दै यसअघि उनको आलोचना हुँदै आएको थियो ।
आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछाने शीतल निवासबाट फर्किएलगत्तै प्रधानमन्त्री शाह पनि राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, अध्यादेश तथा सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ ।