२०८२ श्रावण ३, शुक्रबार

स्वदेश फर्कियो महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएको छ ।
स्वदेश फर्कियो महिला फुटबल टोली

२३ असार काठमाडौँ / नेपाली राष्ट्रिय महिला फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थागत गरे ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह एफ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कपमा छनोट हुन सकेन । निर्णायक मानिएको अन्तिम खेलमा नेपाल लाओससँग निर्धारित समयमा ३–३ को बराबरीमा रोके पनि पेनाल्टीमा भने ४–२ को गोलअन्तरले पराजित भयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस