२०८२ बैशाख ८, सोमबार
राप्रपा

उपचारका लागि भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा

उपचारका लागि भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा

८ वैशाख  काठमाडाैँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका ’राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समिति प्रमुख धवल शम्शेर राणा उपचारका लागि भारत जाने भएका छन् ।

उपचारका लागि उनलाई प्रहरीले हिरासतमुक्त गरेको थियो । उपचार गरी फर्केपछि राणामाथि प्रहरीले थप अनुसन्धान पनि गर्नेछ । उपचारका लागि उनलाई प्रहरीले आइतबार हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पनि उक्त कार्यक्रममा पुगेका थिए । तीनकुने क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेको थियो । दुई जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी भएका थिए ।

चैत १५ गते बेलुकी प्रहरीले मिश्र र राणालाई नियन्त्रणमा लिएको थियो भने अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि राणाले उपचारका लागि समय मागेका थिए । उनी केही समयअघि तीन महिना भारतका अस्पतालमा उपचार गराएर स्वदेश फर्केका थिए । उपचारका लागि प्रहरीले हाजिरी जमानीमा छाडेका राप्रपा महामन्त्री राणाले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस