२०८२ आश्विन २, बिहिबार

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ ।
अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

२ असोज / अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो ।

घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ । गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएका छन् ।

गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ ।

यो पनि

ताजा अपडेट

१७ घण्टा अघि

सुनको मूल्य घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस