
माघ २१, काठमाडौँ / लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले धरौटी माग नगरी भ्रष्टाचार मुद्दामा थुनामा पठाएपछि गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए । गुप्ताको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।