२०८३ भाद्र २३, मंगलबार

परेवाटारपछि कृष्णभिर पहिरोमा केन्द्रित सम्पूर्ण शक्ति, पृथ्वी राजमार्ग खुलाउन तीव्र प्रयास

परेवाटारपछि कृष्णभिर पहिरोमा केन्द्रित सम्पूर्ण शक्ति, पृथ्वी राजमार्ग खुलाउन तीव्र प्रयास

धादिङ, भदौ २३ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाटार क्षेत्रमा आएको पहिरो हटाएर दुईतर्फी सवारी सञ्चालनमा ल्याएपछि अहिले सम्बन्धित निकायहरूले बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत पर्ने कृष्णभिरको पहिरो पन्छाउने कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गरेका छन्।
हाल कृष्णभिर क्षेत्रमा निरन्तर खसेको पहिरो, चट्टान र माटोका कारण पृथ्वी राजमार्गको आवागमन प्रभावित बनेको छ। सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा निर्माण कम्पनीका हेभी इक्विपमेन्टहरू चौबीसै घण्टा परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।drishtinepal
परेवाटार क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा आएपछि यात्रु तथा ढुवानी सवारीले केही राहत पाए पनि कृष्णभिरको समस्या समाधान नहुँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा सहज हुन सकेको छैन। राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य लाइफलाइन सडक भएकाले यसलाई छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायमाथि दबाब बढेको छ।
स्थानीय प्रशासनका अनुसार मौसमले साथ दिएमा पहिरो हटाउने कामलाई अझ तीव्र बनाइनेछ। जोखिमपूर्ण भूभाग भएकाले सुरक्षालाई प्राथमिकतामा राख्दै सडक खुलाउने कार्य भइरहेको बताइएको छ।

drishtinepal
यसैबीच, यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्थामा त्यसतर्फ ध्यान दिन प्रशासनले आग्रह गरेको छ। लगातारको वर्षा र भौगोलिक जोखिमका कारण पहिरो पुनः खस्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस