२०८३ कार्तिक ९, आईतबार

युवक पक्राउ

नागढुंगाबाट १४.२८ ग्राम खैरो हेरोइनसहित २९ वर्षीय युवक पक्राउ

नागढुंगाबाट लागूऔषधसहित युवक पक्राउ
Post Thumbnail

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जोनाम लामा रहेका छन्। उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोइन्टबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.०१–०२–००२ ख १२८२ नम्बरको बसमा जाँच गरिएको थियो।
सोही क्रममा बसमा सवार लामाको साथबाट १४.२८ ग्राम खैरो हेरोइन फेला परेको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस