२०८३ मंसिर ३, बुधबार

भन्सार र सशस्त्र प्रहरीको चेकिङ पार गरेका चिनियाँ नागरिक सुनसहित पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३.७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा प्रहरीले सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङ रहेका छन् । उनी हङकङबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ४१० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रहरीका अनुसार वाङले विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक किलो ८०३.७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस