२०८२ अषाढ १८, बुधबार

पूर्वप्रधानमन्त्री माधव नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
पूर्वप्रधानमन्त्री माधव नेपालको स्वास्थ्यमा सुधार

२६ वैशाख काठमाडौं/ नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ उनको एन्जिओप्लास्टी गरिएको थियो ।

उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस