२०८२ अषाढ १७, मंगलबार

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

१७ असार, काठमाडौं / राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’

कतिपय सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले त सभापति खतिवडाको राजीनामा नै मागेको छ । माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ ।

खतिवडाले आफूमाथि छानबिन माग गरेका छन् र दोषी देखिए कारबाहीको भोग्न तयार भएको बताएका छन् । ‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।

कांग्रेस नेता समेत रहेका सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस