२०८२ अषाढ १९, बिहिबार

एमालेले माग्यो सभापति खतिवडाको राजीनामा

एमालेले माग्यो सभापति खतिवडाको राजीनामा
एमालेले माग्यो सभापति खतिवडाको राजीनामा

१८ असार काठमाडौं / नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

“यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,” सांसद गिरीले भने, “जिम्मेवारी लत्याएर गैरजिम्मेवा बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।” सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न उनले आग्रह गरे । “सचिवले पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,” उनले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस