२०८२ अषाढ १९, बिहिबार

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य दयाल मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य दयाल मिश्र पक्राउ

१८ असार काठमाडौँ / कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।

मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य पनि हुन् । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए । कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरेको सिआइबीको निष्कर्ष छ । सोही प्रकरणमा प्रहरीले यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो । उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस