
२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन् ।
आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।
सुमना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
पछि उनी पार्टीको सक्रिय राजनीतिबाट समेत निष्क्रिय भएकी थिइन् ।
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गरे पनि उनले चुनावी तयारी र राजनीतिक आबद्धताबारे थप विवरण सार्वजनिक गरेकी छैनन् ।