२०८३ मंसिर ३, बुधबार

निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

त्यसैगरी, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुनसमेत आदेश दिइएको छ । यद्यपि, अदालतको आदेशको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

सरकारको उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्याय भएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अब विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस